आगामी तीन दिन मौसम सफा रहने विभागको भनाइ

कोहलपुर, मंसिर १४,

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसम सफा रहने जनाएको छ ।

विभागका अनुसार आईतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्य तया सफा रहनेछ । तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आईतबारदेखि तीनै दिन देशभर मौसम सफा रहने विभागले जनाएको छ ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानी पख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमानमहा शाखाले अनुरोध गरेको छ । पश्चिमीवायुको प्रभावले केहीदिन प्रभावित मौसम क्रमशःहिजोदेखि सुधार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *