चिनियाँ राज्य परिषद्का सदस्यतथा रक्षामन्त्री वेइ नेपाल भ्रमणमा आउँदै

कोहलपुर, मंसिर १४,

चिनियाँ राज्यपरिषद्का सदस्यतथा रक्षामन्त्री वेइ फेङ आईतबार नेपाल भ्रमणमा आउँदै छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ रक्षा मन्त्री आईतबार एक दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीले गर्न लागेको यो पहिलो नेपाल भ्रमण हो ।

चिनियाँ रक्षामन्त्री वेईलेनेपाल भ्रमणको क्रममाप्रधानमन्त्री केपीशर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । चीन र भारतबीच लद्दाखमा सीमा विवादलाई लिएर तनाव बढिरहेका बेलादुवै देशका उच्च अधिकारीले एकपछि अर्को गर्दै नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला २ दिने भ्रमणका लागि नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *