वाणिज्य महासंघको निर्वाचन हुँदै

कोहलपुर, मंसिर १३,

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ ।

कोरोना महामारीका बीच जुममार्फत अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरे पनि शनिबार मतदान हुन लागेको हो । महासंघको ५४ औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो ।

जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको जानकारी दिए ।

दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ । कुनै विवाद र समस्या नआए राति नै मतपरिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *