चिनिया रक्षामन्त्रीको नेपाल भ्रमण बारे सरकारद्वारा औपचारिक जानकारी

कोहलपुर, मंसिर १३,

सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आईतबार एकदिने भ्रमणको लागि नेपाल आउने औपचारिक जानकारी गराएको छ ।

भ्रमणको क्रममा रक्षामन्त्री फेङहीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि उहाँले भेट गर्ने कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *