रुकुममा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
कोहलपुर, मंसुर १३,
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएके छ ।
आठबीसकोट नगरपालिका ८ दाजेबाट जन्ती लिएर घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप हिजो बेलुका दाजेमा दुर्घटना भएको थियो । ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
उपचारका लागि नेपालगन्ज रिफर गरिएका आठबीसकोट नगरपालिका ८ का लालबहादुर नेपालीको शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । आठबीसकोट नगरपालिका–८, का कलिभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको हिजो बेलुका ज्यान गएको थियो ।