बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन फेरि निर्वाचित

कोहलपुर, मंसिर १२,

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित भएका छन् ।

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर फेरि राष्ट्रपतिमा निर्वाचित हुनुभएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिए ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *