भूमि सम्बन्धी समस्या समाधान आयोगले काम थाल्यो
कोहलपुर, मंसिर १२,
गत चैतमा गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले पर्याप्त कानुन बिनै काम अघि बढाएको छ ।
नियमावली पारित नहुँदै आयोगले २७ कात्तिकमा १४ वटा पालिकासँग सम्झौता गरेर लगत संकलन सुरू गरेको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै अधिकारीहरूले नियमावली नबन्दै काम थाल्नु अर्थहिन हुने बताएका छन् ।
आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउने भनिएको छ ।