देशका केही भागको मौसम बदली भई पानी पर्ने

कोहलपुर, मंसिर १२,

शुक्रबार देशका केही भागको मौसम बदली भई पानी पर्ने सम्भावना रहको छ ।

गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन ।

प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । समविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *