२१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त

कोहलपुर, मंसिर १२,

देशभरका विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त रहेको पाइएको छ ।

धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जानकारी दिईन् ।

हालसम्म करिव ६० जिल्लाबाट मात्र विवरण प्राप्त भएको र त्यसमा २१ जिल्लाका विभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको उनले बताईन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *