ज्ञानुमायाको सङ्घर्षमय जीवन, बंगुर पालेर छोरालाई प्रहरी बनाईन्

बिधुत्मा रैका,
कोहलपुर, मंसिर १२,

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ सुकुम्वासी बस्तीकी ज्ञानुमाया रानामगरलाई आफ्नो कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने निराशा छायो । एकातिर घरपरिवार र अर्काे तिर कोखबाट जन्मेका सन्तानको भविष्यको विषयले औधी चिन्तित थिईन् उनी ।

स्थायी घर बर्दिया भएकी ज्ञानुमाया सयूक्त परिवारमा बसेर बाख्रा पालेर जीविका चलाउँथिन् । परिवार छुट्टिएर अंशवण्डा गरेपछि उनीहरुको भागमा एउटा बाख्राको माउ र एउटापाठी परेको थियो । त्यही बाख्रा आफूसँगै ल्याएर उनका श्रीमान र एक छोरा एक छोरी सहित उनीहरु बाँकेको कोहलपुर आएका थिए । दुर्भाग्य अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरि उनको माउ बाख्रा मारिदियो । त्यसपछि उनको बाख्राबाट जीविका चलाउने आशा निराशा बन्यो ।

आफ्नो जीवनभन्दा सन्तानको जीवन एकदमै सुधारात्मक होस् भन्ने चाहना बोकेर उनले जीवनको सुरुवाती घरेलु मदिरा उत्पादनबाट सुरु गरिन् । मदिरा उत्पादन गरि कोहलपुरमा साना होटल, तथा नास्ता पसलमा बोक्दै गुजारा भलाउँन थालिन् । मदिरा उत्पादन गर्ने मन नहुँदा नहुँदै पनि ज्ञानुमायाको घरमा आर्थिक अभावले निकै सताएपछि उनले घरेलु मदिरा उत्पादन गर्न सुरु गरेको बताउँछिन् । तर मदिरा उत्पादन गर्दा उनलाई समाजका मानिसहरुले नराम्रो दृष्टिले हेर्न थाले । यस्तो कुरा उनले सहन सकिनन् । अन्ततः त्यो पेशाको चटक्कै माया मारिन् । त्यसपछि उनी ज्यालामजदुरी काम गर्न थालिन् । ज्यालामजदुरीको कमाईले उनको घरमा राम्ररी खान पनि नपुग्ने भयो ।

ज्यालामजदुरीका साथै उनले बंगुर पाल्ने योजना बनाईन् । करिब ५ हजारमा १ महिनाको बंगुर किनेर उनले व्यवसाय सुरु गरिन् । करिब १ वर्ष पालेपछि ठेक्कामा बेचिन् । बंगुरबाट राम्रो आम्दानी भयो । त्यसपछि व्यवसायकै रुपमा बंगुर पाल्ने योजनाका साथ बंगुर थप्दै गईन् । उनको घरबारीको डिलमा बंगुर फार्म छ । ४२ वर्षको उमेर भैसक्दा पनि जोस जागरका साथ विगत ११ वर्ष देखि बंगुर पालन गर्दैै आएकी छन् । एउटा बंगुरबाट सुरु गरेको व्यवसाय फस्टाउँदै अहिले उनले करिब ७ वटा बंगुर एकैसाथ पाल्ने गरेकी छिन् । घरबारीको डिलमा बंगुरको खोर निर्माण गरेकी छन् । ११ वर्षअघि एउटा मात्रै बंगुर बस्ने खोरमा अहिले करिब ६/७ वटा बंगुर छन् ।

अहिले उनलाई सबैले मेहनती भन्दा निकै खुशी लाग्ने गरेको बताईन् । उनले भनिन्,–‘यो व्यवसायका लागि धेरै परिश्रम गर्नु पर्दैन । बंगुरलाई भोक लागेको बेला दाना पानी दिनु पर्छ । सरसफाईमा धेरै ध्यान दिनुपर्छ । आम्दानी पनि राम्रो रहेको छ ।’ बंगुर पालेर उनले घर व्यवहार चलाउँनुका साथै छोरा छोरीको पढाईको लागि सहज भएको छ । बंगुरबाट भएको आम्दानीले छोरालाई १२ सम्म पढाएर सरकारी जागिरे बनाईन् । उनका छोरा अहिले नेपाल प्रहरीमा जागिरे छन् भने छोरी १२ मा पढिरहेकी छिन् । सँगै कोहलपुरमा सिलाईकटाई सिकिरहेकी छिन् । रानाले बंगुर पालन गरेपछि परिवार पाल्न र बेरोजगार बस्नु भएर बस्नु परेको छैन । मेहनत गरे हुदो रहेछ भन्ने उनको उदाहरणिय काम बनेको छ । आफुले दुःख गरे अनुसार आम्दानी राम्रै भएको उनले बताईन् । उनी भन्छिन्,–‘गाउँघरका मानिस पैसा कमाउन विदेश जान्छन् तर हाम्रो परिवारले बंगुर पालन गर्ने निधो गरि यो व्यवसाय सुरु गर्यो । सबैभन्दा ठूलो त मन र आट रहेछ ।’ उनका श्रीमानले पनि खेती किसानीसँगै उनको यस काममा निकै सहयोग गरिरहेका छन् ।

उनले एउटा बंगुरलाई १ वर्षसम्म पाल्छिन् । यस अवधीमा बंगुरको तौल १ क्वीन्टल भैसक्छ । अनि उनले ठेक्कामा बेच्ने गरेकि छिन् । उनले भने– ‘गर्न सके आम्दानी राम्रै छ । घरपरिवार र आफु बाँच्न पुगेको छ कसैलाई एक रुपैया लेउन भन्न परेको छैन यसैमा खुसि लाग्छ ।’ जीवनकालको ४२ औँ वर्षसम्म पनि राना अझै जीवन सङ्घर्षमय बित्ने बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *