दुर्गमका जोखिममा परेका महिलाको उद्धार कार्यक्रमबारे गलत प्रचार नगर्न आग्रह

कोहलपुर, मंसिर ११,

गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार कार्यक्रमका बारेमा गलत भ्रम फैलाईको भन्दै सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।

सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्वार गर्दै आए पनि कुनै व्यक्ति र संस्थाको पहलमा उद्वार भएको भनेर गलत प्रचार भइरहेकोप्रति महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । आर्थिक वर्ष २०७५÷०७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत् दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार कार्य हुँदै आएपनि विभिन्न व्यक्ति, संघ संस्था तथा निकायको पहलमा उद्वार भएको भनेर गलत प्रचार भइरहेको मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई प्रमुख अन्जु ढुंगानाले बताईन् ।

यसले गर्दा वास्तविक रुपमा सेवा लिनुपर्ने लक्षित वर्गले उक्त सेवा लिन कहाँ र कसरी सम्पर्क गर्ने भन्ने बारेमा अन्यौलता सृजना भएकाले त्यस्तो गलत प्रचार नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।मन्त्रालयले हवाइ उद्वारको समन्वय सिधै मन्त्रलयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय इकाईकै पहलमा भइरहको पनि स्पष्ट पारेको छ । इकाइका अनुसार हवाइ उद्वार सुरु भएको पुषमा २ वर्ष पुग्नै लाग्दा अहिलेसम्म १ सय ५७ जनाको हवाइ उद्वारपछि ज्यान जोगिन सफल भइसकेको छ भने चालु आर्थिक वर्षमा मात्र ४४ जनाको उद्वार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *