तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याए

कोहलपुर, मंसिर ११,

पटकपटक बन्दहुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाकातातोपानीको मितेरी पुलसम्मचिनियाँपक्षले सामाग्रील्याउन सुरु गरेको छ ।

बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्रील्याएका छन् । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमालोड गरी सुख्खावन्दरगाहसम्म ल्याउने व्यवस्था गरिएको भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

पटकपटक बन्दहुँदै खुल्दै गरेको तातो पानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएका थिए । नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको छलफलमा चीनपक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानीबारे पटक पटकचासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताए ।

गत असोजमा केहीकर्मचारीमाकोरोना देखिएपछि चीनपक्षले एक दिन सामाग्री पठाएर नाकापुनः ठप्प बनाएको थियो । चिनियाँ कन्टेनरले सामाग्रील्याईदिने हुँदाअब नेपालीव्यापारीका सामाग्रीआउने आशागर्न सकिने भन्सार प्रमुख खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *