बेरोजगार व्यक्तिको फारामको विवरण दर्ता गर्ने समय थपियो

कोहलपुर, मंसिर ११,

सरकारले विपन्न बेरोजगार व्यक्तिको फारामको विवरण रोजगार व्यवस्थापन प्रणालीमा दर्ता गर्ने समय सिमा थपेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तरगत बेरोजगार व्यक्तिको विवरण सूचिकरण प्रकृयाका सम्पूर्ण चरण पूरा गरिसकेको हकमा मंसिर १५ गते भित्रदर्ता गरिसक्न ७ सय ५३ वटै स्थानीयतहलाई समय सिमा दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्तिक २८ गते बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेपछि त्यसै अनुसार सबै स्थानीयतहलाई परिपत्रगरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रमनिर्देशक सुमन घिमिरेले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिपन्न बेरोगार व्यक्तिको विवरण सूचिकरण गरेर दर्ता गर्ने समय सिमा असोज २० गतेसम्मका लागि मात्र तोकेको थियो । मंसीर १५ गतेसम्मदर्ता भएका बेरोजगार व्यक्तिको संख्याको आधारमाबाँकी रहेको शसर्त अनुदाननिकासा पठाइने पनिमन्त्रालये जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *