सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान

कोहलपुर, मंसिर ११,

सगरमाथाको नयाँउचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयलाई स्वीकृती प्रदान गरेको हो । भूमी व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँउचाई घोषणा गर्नका निम्ती स्वीकृती प्रदानगर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिन् ।

आर्थिक वर्ष २०६४÷०६५ बाट शुरु भएको सगरमाथाको उचाई मापनकार्य अहिले सम्पन्नभएर घोषणा गर्ने चरणमा आएपछी सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको मन्त्रीअर्यालले जानकारी दिईन् । सन् २०१५ मागएको विनाशकारी भूकम्पकाकारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानहरुको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाई पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछी नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन गरेको हो ।

मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछी अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँउचाई घोषणा गर्नेछ । सन् २०१९ माचिनका राष्ट्रपती सि चिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई संयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *