भारतीयविदेश सचिव नेपाल आउँदै

कोहलपुर, मंसिर ११,

भारतका विदेश सचिव हर्षवद्र्धन शृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् ।

उनी विशेष विमानमार्फत काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालका प्रवक्ता, सहसचिव सेवा लम्सालका अनुसार परराष्ट्र सचिव भरतराज पौडेलेको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागका हुन् ।

विगतका उच्चस्तरीय भ्रमणको निरन्तरताकै रुपमाहर्षवद्र्धनको भ्रमण रहेको प्रवक्ता लम्सालले बताए । भारतीय विदेश सचिव हर्षवद्र्धन दुई दिन नेपालमा रहने छन् । भ्रमणको पहिलो दिनआजदुई देशका सचिव बिच द्विपक्षीय वार्ता हुनेछ । यस्तै सहयोगका विविध क्षेत्रबारे छलफलहुने प्रवक्ता लम्सालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *