कोरोना संक्रमणको कारण विश्वमा मर्नेको संख्या १४ लाख नाघ्यो

कोहलपुर, मंसिर ९,

कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ ।

सोमबार रातिसम्म विश्वमा १४ लाख एक हजार ५१९ जनाको मृत्युको कारण कोरोना बनेको छ । कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म दुई लाख ६३ हजार ६४२ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि कोरोनाका कारण मृत्यु हुनेको ठूलो संख्या ब्राजिलमा रहेको छ । ब्राजिलमा हालसम्म एक लाख ६९ हजार ५४१ जनाको मृत्यु कारण कोरोना बनेको छ । कोरोनाबाट मर्नेको तेस्रो ठूलो संख्या छिमेकी राष्ट्र भारतमा रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण एक लाख ३४ हजार २५१ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *