एकैदिन नेपालीहरुले धारचुलाको प्याज र चिनी रित्याए

कोहलपुर, मंसिर ९,

नेपाल–भारत जोड्ने खलंगा नाका नौ घण्टाका लागि खोलिएको छ ।

भारतकोे बाटो भएर खलंगा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै हिजो बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोेल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले सहमति जनाएपछि सीमा नाका खोलिएको हो ।

यसअघि नै मंसिर ३ गते सीतापुल नाका खोल्न र आज सदरमुकाम खलंगाको नाका खोल्न नेपाली प्रशासनले भारतीय प्रशासनलाई अनुरोध गरेको थियो । सोही अनुसार भारतीय प्रशासनले सहमति जनाएको हो । सीमा नाका खोलिएसंगै भारतमा किनमेल गर्नेहरु नेपालीहरुका लागि मौका जुरेको छ । ब्याँसी सौका समुदायका लागि भन्दै खोलिएको सीमा नाकाबाट भारतमा किनमेल गर्न जाने नेपालीहरुले मौका पाएका हुन् । केही सामग्रीहरु भारतमा नेपालको तुलनामा सस्तो पर्ने भएकाले दार्चुलाका सर्वसाधारणहरु मात्र नभई व्यापारीहरु पनि भारतमा किनमेल गर्न रुचाउने गरेका हुन् ।

भारतमा मुख्यगरी खाद्या सामग्री र तरकारी सस्तो पर्ने गरेको छ । सीमा नाका खोलिएसंगै नेपाली बजारमा पनि किनमेल गर्ने भारतीयहरुको संख्या बढेको छ । कोरोनाका कारण बन्द रहेको सीमा पुल पहिलो पटक नौ घण्टासम्म खोलेसंगै भारत जान नेपालीहरुलाई हतार भएजस्तै भारतीय नागरिकहरुलाई पनि नेपाल आउने हतार भएको स्पष्ट देखिन्छ । सीमा नाका खुलेको केही समय पश्चात् नेपाली बजार क्षेत्रमा किनमेल गर्ने भारतीय नागरिकहरुको भीडभाड बढेको थियो । सीमा नाका बन्द रहेको अवस्थामा भन्दा आज बढी व्यापार भएको नेपाली व्यापारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *