त्रिशुली अस्पतालले स्वाब संकलन नगर्ने

कोहलपुर, मंसिर ९,

त्रिशुली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुई पटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ ।

अस्पतालमा कोरोना भाइरस जाँचको लागि स्वाब संकलन कार्यले कोरोना सक्रमितको आउजाउ बढेर अस्पतालमा सक्रमणको जोखिम बढ्ने देखिएसगैँ स्वाब संकलन नगर्ने निर्णय गरिएको अस्पतालका मेलिडकल सुपरिटेन्डेन्ट डाक्टर दिपेन्द्र पाण्डेले जानकारी दिए । अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णय अनुसार हरेक साता सोमबार र बिहीबार संकलन गरिदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्मको लागि बन्द गरिएको हो ।

कोरोना जाँचको लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीयतह मार्फत स्वाब संकलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *