पार्टी विवाद बारे नेकपा अध्यक्ष प्रचण्ड छलफल र परामर्शमा

कोहलपुर, मंसिर ९,

प्रधानमन्त्री एंव पार्टी नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढेसँगै दोस्रो तहका नेताले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

अध्यक्ष प्रचण्डले पनि नेताहरुसँगको परामर्श तथा छलफललाई तीब्र बनाएका छन् । केही दिन यता निरन्तर छलफल गर्दै आएका अध्यक्ष प्रचण्डले हिजो स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग कुराकानी गरे । भेटमा उनले ओलीको राजनीतिक दस्ताबेज आएपछि व्यवस्थित छलफलको विधिबाट पार्टीलाई नयाँ उचाइमा एकताबद्ध बनाउन सकिने सम्भावना औँल्याए ।

भेटपछि नेता गजुरेलले पार्टीलाई फुटबाट जोगाउनका लागि दुवै अध्यक्षको भूमिका महत्वपूर्ण हुने प्रचण्डले बताउनुभएको उल्लेख गरे । नेताहरूसँगको भेटमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीको निर्णय नमानेका कारण अहिलेको अवस्था आएको बताएका छन् । नेकपाको सचिवालय बैठक यही मंसिर १३ गते बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *