शनिबार विश्व सहरीकरण दिवस

कोहलपुर, कार्तिक १५,

शनिबार विश्व सहरीकरण दिवस, ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपालमा पनि सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । तर, यस वर्ष कोभिड–१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिने मन्त्रालयले बताएको छ ।

यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकोमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *