दिगो विकासका कार्यक्रम स्थानीयकरण गर्न सांसदहरुको जोड

कोहलपुर, कार्तिक १५,

सन् २०३० सम्ममा प्राप्त गर्नेगरी लिइएको दिगो विकासका लक्ष पूरा गर्नका लागि सांसदहरूले नेपालमा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता औँल्याएका छन् ।

नेपालले सन् २०३० सम्ममा मध्यम आयस्तरको मुलुकमा पुग्ने तथा दिगो विकासका लक्ष्यलाई पूरा गर्ने अठोट लिएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सदस्य दिनानाथ शर्माले दिगो विकासका लक्ष कार्यान्वयनका लागि समितिले सातै प्रदेशका सरोकारवालाबीच छलफल, समन्वय गरिरहेको र प्रदेश तथा सङ्घका सांसदहरूलाई च्याम्पियन अर्थात दूतका रुपमा परिचालन गरिएको बताए ।

लुम्बिनी प्रदेशको भौतिक पुर्वाधार तथा विकास समितिका सभापति आशा स्वर्णकारले भने प्रदेशस्तरका सांसदहरूलाई दिगो विकासका लक्ष कार्यान्वयनका लागि थप छलफल आवश्यक भएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति, सभापति हर्कबहादुर कुवँरले भने दिगो नीति बनाएर सबै प्रदेशका सरकार, संसदीय समिति लगायतलाई सक्रिय बनाउनुपर्ने धारणा राखे ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले दिगो विकासका लक्ष कार्यान्वयनका लागि १५ औ आवधिक योजनामा पनि विशेष व्यवस्था गरिएको बताए । दिगो विकासका लक्ष र कार्यान्वयनका विषयलाई सतही रुपमा भन्दा वृहत रुपमा बुझ्न पनि उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *