लक्षण देखिएमा तत्काल पीसीआर जाँच गराउन विज्ञहरूको सुझाव

कोहलपुर, कार्तिक १५,

कोरोना सङ्क्रमणको दरमा वृद्धि हुँदै गर्दा विशेषज्ञ चिकित्सकहरूले कोरोनाका लक्षण देखिएमा तत्काल पिसिआर परीक्षण गर्न अनुरोध गरेका छन् ।

सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिए । उनले कोरोना जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभयो । डा.सुवेदीले सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइने हुनाले समयमै पिसिआर जाँच गराउनुपर्ने पनि बताए ।

उनले समयमै पिसिआर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना बढी हुने भएकाले रोगको निदान गर्न पनि सहज हुने पनि उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *