इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको आज जन्मोत्सव मनाइँदै

कोहलपुर, कार्तिक १४,

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४ सय ९५ औं जन्मोत्सव मनाइँदै छ ।

‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ । तर, यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक भेला भएर गरिने कार्यक्रमहरु भने प्रभावित भएका छन् ।

मोहम्मदको जन्म इस्वी सम्वत् ५ सय ७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबको मक्कामा भएको थियो । बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उनको जन्म भएको थियो । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो ।त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

मुस्लिम अगुवाहरुले मोहम्मद डेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् । सरकारले विगतमा मुसलमान संयुक्त संघर्ष समितिसँग सार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन भएको छैन । शुक्रबार इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिन परेको बाँकेको कोहलपुरमा पनि भव्य रुपमा मनाईएको छ ।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा कोहलपुरमा बजार परिक्रमा सहित शुभकामना आदान प्रदान गर्दै मोहम्मदको जन्मदिन मनाईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *