प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमका योजना सार्वजनिक

कोहलपुर, कार्तिक १४,

प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत नुवाकोटको क्षेत्र नं. १ प्रदेश सभा (क) मार्फत प्राप्त हुने बजेट मार्फत कार्यान्वयन गरिने योजनाहरु सार्वजनिक गरिएको छ ।

सो क्षेत्रकाबागमति प्रदेशसभाका उपसभामुख राधिका तामाङको संयोजकत्वमा बसेको बठैकले दुप्चेश्वर गाउँपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका र पन्चकन्या गाउँपालिकालाई समेटेर विभिन्न २० वटा योजना र बजेट सार्वजनिक गरिएको हो । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत प्राप्त हुने ३ करोड रुपैयाँ बजेटमा प्रशासनिक खर्च बाहेक पन्चकन्या गाउँपालिकाको कार्यालय भवनलाई ४७ लाख ३० हजार रुपैयाँ, दुप्चेश्वरमा वडा कार्यालयहरु निर्माणमा ४० लाख रुपैँया, १५÷१५ लाख रुपैयाँको २ वटा योजना सार्वजनिक गरिएको छ ।

यसका साथै २० लाख रुपैयाँको २ वटा योजना, पोष्टबहादुर बोगटी बहुप्राविधीक शिक्षालय पुर्वाधार निर्माणमा १० लाख रुपैयाँ र अन्य १३ योजनालाई १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *