जागिर गुमाएका पत्रकारहरुलाई लेखन वृत्तिको व्यवस्था गर्न माग

कोहलपुर, कार्तिक १४,

नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रम जीविपत्रकारहरुलाई लेखन वृत्ति सहित वैकल्पिकव्यवस्थागर्न सरकारसँग माग गरेको छ ।

हिजो अर्थमन्त्री विष्णु पौडेललाई सुझावपत्रबुझाउँदै महासंघले श्रमजीविपत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नु पर्ने र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

सुझाव पत्र बुझ्दै अर्थ मन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालयको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *