कोरोना महामारीले यस वर्ष उपत्यका बाहिरीनेको सङ्ख्यामा कमी

कोहलपुर, कार्तिक १४,

गत वर्षको दसैँको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामाकमी देखिएको छ ।

कोरोना सङ्क्रमणको महामारीका कारण विगतवर्षहरुको दसैँ तिहारको समयमाहुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । गतवर्ष दसैँ अघि उपत्यकाबाट ११–१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यका बाहिरिएका छन् ।

यो वर्ष १ लाखले मात्रै उपत्यका छाडेका छन् । लकडाउन र त्यस अघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दसैँ तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *