शुक्रबार कोजाग्रत पूर्णिमा : दसैंको टीका लगाउने कार्य सम्पन्न गरिँदै

कोहलपुर, कार्तिक १४,

शुक्रबार कोजाग्रत पूर्णिमा, दसैँको टीका, प्रसादलगाउनेकार्य सम्पन्न गरिँदै छ ।

बिहानै दसैँ घरका सम्पूर्ण फूलप्रसादजमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदितीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । आश्विनशुक्ल पूर्णिमाकादिनमनाइने कोजाग्रत पूर्णिमाआज साँझ सम्पन्नताकी देवीमहालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिलबलिपूर्तिको कामपनि आजै हुनेछ ।

अखिलबलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रमपनिआजैदेखि समाप्त हुन्छ । आजको दिन साँझमहालक्ष्मीको पूजाराधना गरी रातिजाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकीमहालक्ष्मीप्रवेश गरी ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । मातादुर्गाकातीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजा गरेर आजदुर्गा पक्षलाई बिदागरिन्छ । दसैँ र नवरात्रविजयादशमीकै दिन सकिने भएपनिदुर्गा पक्षभने आश्विनशुक्ल पूर्णिमाकादिन समाप्त हुन्छ । महालक्ष्मीसँगै आजहात्तीमा चढेकाइन्द्रको पनिपूज ागरिन्छ ।

कोजाग्रत पूर्णिमाआज परे पनि पूर्णिमाव्रतभने भोलिगरिने छ । महालक्ष्मीको व्रतगर्न गरिने कर्म मध्यरातमा पूर्णिमाभएकादिनगरिन्छ । आजदेखि दसैँ पर्व सम्पन्न भई नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु भएको मानिन्छ । तिहारको स्वागतमाआकाशदीपबाल्ने गरिन्छ । आज २७ घडी ५८ पलाअर्थात् बेलुकी ५ : २५ बजेसम्म चतुर्दशी तिथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *