फ्रान्समा दोहो¥याएर लकडाउनको घोषणा

कोहलपुर, कार्तिक १३,

फ्रान्समादोहो¥याएर लकडाउनको घोषणा गरिएको छ ।

कोरोनामहामारीको दोस्रो चरणको लहर सुरु भएको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोले भोलिदेखि लागू हुने गरि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । भोलिदेखि लागू हुने लकडाउन एक महिनासम्म रहनेछ । लकडाउनको क्रममा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु पनि खुला हुने छन् । यसअघि कोरोना भाइरस महामारीको सुरुमा फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या अप्रिल यताकै धेरै भएको छ ।

दैनिक ३० हजार भन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । युरोपमा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको छ । जर्मनी, बेल्जीयम, स्पेन लगायतका मुलुकमा कोरोनाको दोस्रो चरणको लहर सुरु भएपछि लकडाउन सहितका विभिन्न प्रतिबन्ध जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *