३० लाख सहित जुवा खेलिरहेका १० जना प्रहरीको फन्दामा

कोहलपुर, कार्तिक १३,

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ करिब ८ः३० बजेको समयमा नेपालगंज उपमहानगरपालिका वडा नं ४ बसपार्क स्थित एउटा घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा १० जना ब्यक्तिहरुले हारजित हुने गरी कटपट्टी तास खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम बहादुर रानाले पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १२५ बमोजिम कानुनी कारबाही हुने जानकारी दिए ।

पक्राउ परेका ब्यक्तिहरु नेपालगन्ज क्षेत्रका ‘हाइप्रोफाइल’ ब्यक्तिहरु रहेको बताइएको छ । यति ठूलो परिमाणको नगदसहित बाँकेमा जुवाडे पक्राउ परेको सम्भवत यो पहिलो भएको बाँके प्रहरीको दाबी गरेको छ । उनीहरुको नाम भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार दसैंको मौका छोपेर केही दिनयता नेपालगन्जको बसपार्क क्षेत्रमा जुवा चल्दै आएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *