कोरोना संक्रमणका कारण पत्रकार सिवाको निधन

कोहलपुर, कार्तिक १३,

कोरोना संक्रमणका कारण पत्रकार गोपाल सिवाको निधन भएको छ ।

काठमाण्डौको पेस्पिकोला निवासी सिवा लामो समय बैदेशिक रोजगारको शिलशिलामा कतार बसेर आएका थिए । प्रवासमा बसेर पत्रकारिता गरिरहेका सिवा हाम्रो संचार डट्कममा ४ बर्ष प्रधान सम्पादक रहेका थिए ।

उनको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको सिवाको पारिवारिक स्रोतले जानकारी दिएको छ । सिवा आफैले केहि दिन अघि आफु र आफ्नी घर्म पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको स्टाटस फेसबुकमा लेखेका थिए । पत्रकार सिवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ‘नमस्कार, हिजो गरिएको पिसिआर जाँचको आधारमा हामी दुई श्रीमान श्रीमतीमा कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट आएको छ । यो बिचमा मसँग सम्पर्कमा आउनुभएका सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्दछु । सुरक्षित रहनुहोला सबैजना, धन्यवाद ।’

यसरी कोरोनाबाट बच्न अरुलाई समेत सचेत गराइरहेका सिवा स्वयमको भने कोरोनाको संक्रमणबाट निधन भएको छ । सिवा पत्रकारिताका अलावा उत्पीडित समुदायमाथिको विभेद बिरुद्धको अभियानमा संलग्न सामाजिक अभियान्ता समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *