हुम्लाको ताँजाकोट गाउँपालिकाका अन्तर नाकाहरु पाँच दिनका लागि बन्द

कोहलपुर, कार्तिक १२,

हुम्लाको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आप्mना अन्तर गाउँपालिका सबै नाकाहरु बन्द गरेको छ ।

गाउँकार्यपालिकाले कात्तिक ११ गतेको निर्णय अनुसार देशमा कोरोना सङ्क्रमण बढ्ने क्रम जारी रहेकाले आउँदै गरेको कोजाग्रत पूर्णिमासम्म आफ्ना माताहातका नाकाहरु बन्द गरिएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विशाल ढकालले जानकारी दिए । ढकालका अनुसार बाजुरा जिल्लाको कवाडी नाका, मुगु जिल्लाको तिर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने यि मुख्य नाकामा पाँच दिनका लागी आवतजावतमा बन्द गरिएको छ ।

दशैँको समयमा अन्तरजिल्लाबाट हुम्लाको ताँजाकोट गाउँपालिका भएर आवतजावत कोरोना सङ्क्रमण हुनसक्ने डरले पालिका प्रवेशमा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *