वैशाख यता विपतमा परि ४ सय ६३ जनाको मृत्यु्

कोहलपुर, कार्तिक १२,

बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता चार सय ६३ जनाको मृत्यु भएको छ भने एक सय एक जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् ।

यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *