नागरिक सचेत नभएसम्म कोरोना महामारी नियन्त्रण हुँदैनः स्वास्थ्य मन्त्रालय

कोहलपुर, कार्तिक १२,

नागरिक सचेत नभएसम्म नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रणमा आउन नसक्ने सरकारले जनाएको छ ।

दसैँ लगायतका अन्य चाडपर्वमा यथास्थानमा मनाउन सरकारले निरन्तर आग्रह गरे पनि कतिपय मानिस सहर बजारबाट घर गएर दसैँ मनाएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गर्दै यस्तो बताएको हो । धेरैले मन्त्रालयको आग्रहलाई मानेर यथास्थानमा दसैँ मनाए पनि केही मानिस भने टाढा–टाढाबाट कोरोना बोकेर चाडपर्व मनाउन घर गएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

जसका कारण कोरोना महामारीको जोखिम झन् बढेको उनको भनाइ छ । यसैबीच पर्वतको जलजला गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि हिजोदेखि समुदायस्तरमै कोरोना परीक्षण गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *