कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु

कोहलपुर, कार्तिक १२,

रुपन्देही र पाल्पाका गरी थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय एक पुरुष र पाल्पाको पूर्वखोला गाउँपालिका–३ की ६९ वर्षीया एक महिलाको लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै जनाको गएराति मृत्यु भएको बुटवल कोरोना अस्पताल स्रोतले जनाएको छ ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा घाइते भई उपचारको लागि मेडिकल कलेजमा राखिएको थियो । उपचारकै क्रममा लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *