बाँकेका साहित्यकार महानन्द ढकालको मुक्तक संग्रह ‘सिमाना’ सार्वजनिक

कोहलपुर, कार्तिक ७,

बाँकेका साहित्यकार महानन्द ढकालको मुक्तक संग्रह ‘सिमाना’ सार्वजनिक गरिएको छ ।

नेपाल भारत सिमा नाका जमुनाह-रुपैडिहाको सिमामा मुक्तक संग्रह ‘सिमाना’ सार्वजनिक गरिएको हो । कुनै पनि आसन ग्रहण तथा औपचारिक कार्यक्रम नगरेरै कार्यक्रममा उपस्थित सबै स्रष्टाहरुले संग्रह सार्वजनिक गरेका हुन् ।

विमोचन कार्यक्रम अहिलेसम्मकै एकदमै फरक तरिकाले गरिएको थियो । कार्यक्रममा अतिथी, वक्ता, आसन ग्रहण राखिएको थिएन । ढकालको पाचौं कृतिको रुपमा ‘सिमाना’ मुक्तक संग्रह प्रकाशित भएको हो । यसभन्दा अघि ढकालको ‘खण्डित आत्मा’, ‘उस्तै–उस्तै नदिका उस्तै–उस्तै छालहरु’ र ‘अव्यक्त प्रत्यासा’ गजल सङ्ग्रहहरु र ‘घाम उदाए’ हाइकु सङ्ग्रह प्रकाशित भएका छन् ।

विमोचन कार्यक्रममा साहित्यकार केशव सिग्देल, कपिल अन्जान, सुमित्रा न्यौपाने, सन्तोषी विष्ट, विक्रम शिशिर, बद्री ढकाल हिरामणी, केशवराज शाही निमेष, उषा सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *