दशैंको खर्च कोरोना रोकथामका लागि

कोहलपुर, कार्तिक ७,

रमेश के.शी. ले आफ्नो दशैंको खर्च कोरोना रोकथामका लागि खर्च गरेका छन् ।

आफ्नो दशैको खर्चलाई कोरोना संक्रमण रोकथामका लागि अटोमेटिक स्यानिटाइजर मेसिन जडान गरेका छन् । विषेश गरि तराईका २२ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा भएको हुँदा आफुहरुले दशैं खर्च कटाएर अटोमेटिक स्यानिटाइजर मेसिन जडान गरेको के.शी.ले बताएका छन् ।

उनले अटोमेटिक स्यानिटाइजर मेसिन प्रहरी कार्यालय लगायतका कार्यालयहरुमा जडान गर्दै आएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरमा के.शी.ले २२ हजार मूल्य पर्ने १० लिटर क्षमता भएको अटोमेटिक स्यानिटाइजर मेसिन जडान गरेका हुन् ।

दशैंको अवसर पारेर आफ्नो खर्चलाई कोरोना संक्रमणको रोकथामका लागि गरिएको बताएका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कुलदीप चन्दले यो कामले आफुहरुलाई थप हौसला दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *