रअ प्रमुखसँगको भेट शिष्टाचार मात्रै भएको प्रधानमन्त्रीको निजी सचिवालयको भनाइ

कोहलपुर, असोज ७,

भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयलँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेकोमा राजनीति दलका नेतादेखि कुटनीतिक क्षेत्रका जानकारहरूले विरोध जनाएका छन् ।

अस्ति दिउँसो नेपाल आएका गोयल हिजो बिहान ९ बजेपछि दिल्ली फर्कनुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयल नेतृत्वको ९ सदस्यीय टोली स्वदेश फर्किएको हो । गोयल नेतृत्वको टोलीले अस्ति साँझ प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयलले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्न खोजेका कारण समय मिलाइएको बताए । कुटनीतिक मर्यादामै रहेर प्रधानमन्त्री ओलीले उहाँसँग भेट गरेको पनि थापाले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *