नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक

कोहलपुर, असोज ७,

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्र सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा हिजो एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापाले प्रतिवेदन सार्वजनिक गरे ।

प्रदिवेदन सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निस्कर्षले आउने दिनमा मातहत कर्मचारीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताए सार्वजनिक भएको प्रतिवेदन प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लामा गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *