विपत्तिमा जनताले अभिभावक गुमाएको अनुभव गर्दैछन्ः पूर्वराजा शाह

कोहलपुर, असोज ७,

पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।

दशैंको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताए । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध भइरहेको उल्लेख गरे ।

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने बन्दोबस्त नभएको उहाँले बताउनुभयो । राहत, रोजगारी र रोगको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आड भरोसा चाहिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *