बडा दशैंको सातौं दिन, घरघरमा फूलपाति भित्र्याइँदै

कोहलपुर, असोज ७,

बडा दशैंको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती भित्र्याउने दिन, नोबेल कोरोना भाइरसको महामारीका कारण विशेष सावधानी पु¥याएर विधि पु¥याइँदै छ ।

आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।

नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *