गण्डकी प्रदेशका सांसदले दशैं भत्ताको रकम कोरोना कोषमा जम्मा गर्ने

कोहलपुर, कार्तिक ६,

गण्डकी प्रदेशमा प्रदेशसभाका नेकपा सांसदले दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।

दशैं भत्ताबापत पाएको एक महिनाको पारिश्रमिक उनीहरुले कोरोना कोषमा जम्मा गर्ने भएका हुन् । मुख्यमन्त्रीसमेत रहनुभएका नेकपा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले बुधबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले पनि भत्ताको रकम कोरोना कोषमा नै राख्ने निर्णय गरेको उनले बताए ।

गण्डकी प्रदेशसभामा नेकपाका ४० जना सांसद छन् । प्रदेशसभा सचिवालयले यसअघि नै सबै सांसदको दसैं भत्ता खातामा राखिदिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेसले मंगलबार भत्ता रकम फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेशसभामा कांग्रेसका १५ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *