लकडाउनमा पनि बढ्यो रेमिट्यान्स

कोहलपुर, कार्तिक ६,

विदेशबाट नेपाल भित्रने रेमिट्यान्स ८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ८ दशमलव १ प्रतिशतले सुधार भएको हो । राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ६ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । रेमिट्यान्स आप्रवाह बढे पनि वैदेशिक रोजगारीमा जाने लगभग शतप्रतिशत हाराहारीमा नै यस अवधीमा घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *