एक–दुई घटनालाई लिएर पूरै संगठनलाई नै आरोपित गर्न नहुने आईजीपी थापाको भनाइ

कोहलपुर, कार्तिक ६,

एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि नागरिकले थोपर्ने गरेकोप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ ।

नेपाल प्रहरीले एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न नहुने जनाएको हो । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले एक दुई प्रतिनिधिमूलक घटनालाई लिएर नागरिकले पूरै संगठनलाई बल प्रयोग गरेको आरोप लगाउन नमिल्ने भन्दै गुनासो गरे । प्रहरीको उत्प्रेरणाको स्तरमा सुधारका लागि सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्नेमा पनि महानिरीक्षक थापाले जोड दिए ।

प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता देखिएको आईजीपी थापाको भनाइ छ । उहाँका अनुसार अनुसन्धानले उनीहरुको बिदालाई व्यवस्थापन गर्न सके मनोबल बढ्छ भन्ने देखाएको छ । सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने महानिरीक्षक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *