कोरोनाको कारण घरमै रमाएर बस्नुको विकल्प छैन–उपप्रमुख चौधरी

कोहलपुर, कार्तिक ६,

कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले कोरोनाको कारण यतिबेला परिवारसँग रमाएर बस्नुको विकल्प नरहेको बताएकी छिन् ।

उपप्रमुख चौधरीले दशैं तिहार जस्ता महान चाड पर्वमा आफन्त, साथीभाइहरुसँग भेटघाट गर्ने अवस्था नरहेको बताएकी हुन् । हिन्दु नेपालीहरुको महान पर्व दशैं तिहारको शुभकामना व्यक्त गर्दै चौधरीले विश्वभर नै महामारीको रुपमा फैलिरहेको कोरोना महामारीको अपस्थामा घरमा नै बसेर दशैं मनाउन आग्रह गरेकी छिन् ।

कोरोनाको प्रकोप फैलिएको बेलामा घरभन्दा टाढा जानु भनेको कोरोना फैलाउनु जस्तै भएको उनले बताईन् । उनले भनिन्,–‘कोरोना भाइरसको कारणले यो वर्षको दशैं समेत प्रभावित भएको छ । तर, यो एउटा अवसर समेत हो । जुन घरभित्रै सबैसँग दशैं मनाउने अवसरको रुपमा समेत यसलाई लिन सकिन्छ ।’ उनले बाहिर गएर मन्दिरसम्म धाउनु भन्दा घरमै बसेर भक्ति र पूजा गर्न समेत अपिल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *