कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालद्धारा खर्च निर्धारण

कोहलपुर, कार्तिक ५,

कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधम खर्च निर्धारण गरिरहेका छन् ।

काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचना जारी गर्दै कोरोनाबाट सङ्क्रमित भएकाहरुलाई दैनिक रुपमा लाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ । अब कोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगद शाखामा ५० हजार देखि २ लाखसम्म धरौटी रकम जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बिरामीको अवस्था अनुसार धरौटि रकम निर्धारण गरिएको छ । सामान्य लक्षण भएका बिरामीलाई वार्डमा राख्दा ५० हजार धरौटी राख्नु पर्नेछ भने मध्य जटिल बिरामीलाई एचडियुमा राख्दा १ लाख धरौटी राख्नु पर्ने छ र जटिल खालका बिरामीलाई आईसियुमा राख्दा २ लाख धरौटी राख्नुपर्ने छ । सूचनामा सामान्य लक्षण भएका बिरामीलाई दैनिक ३ हजार ५ सय, मध्य जटिल विरामीलाई ७ हजार ५ सय र जटिल विरामीलाई १५ हजार लाग्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *