जसपामा संघीय परिषद्को अध्यक्षमा डा. भट्टराई

कोहलपुर, कार्तिक ५,

जनता समाजवादी पार्टी नेपालले संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईलाई बनाउने निर्णय गरेको छ ।

हिजो बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको पार्टीका नेता रामसहाय प्रसाद यादवले सीआईएनलाई जानकारी दिनुभयो । बैठकपछि सीआईएनसँग कुराकानी गर्दै नेता यादवले भने,–‘केन्द्रिय समितिको घोषणा भयो, संघीय परिषद्को घोषणा भयो । कार्यकारिणी समितिका सदस्यहरूको कार्य विभाजन भयो । केन्द्रिय समितिका सदस्यको संख्या ७०१ लाई बढाएर ८०१ गरियो, संशोधन । संघीय परिषद्को ११ सय १ लाई संशोधन गरेर आवश्यकता अनुसार केन्द्रिय समितिले गर्ने कुरा आयो, संघीय परिषद्को संख्या बढाउने ।’

सोमबारबाट सुरु भएको कार्यकारिणी समितिको बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८ सय १ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *