मालपोत कार्यालय तुलसीपुरद्धारा एक महिनामै अढाई करोड राजस्व संकलन

कोहलपुर, कार्तिक ३,

कोरोना माहामारीका कारण लामो समय बन्दाबन्दी हुदा अर्थतन्त्रमा नराम्रो धक्का पुगेको आँकलन गरीरहेको बेला दाङको एक सरकारी कार्यालयले एक महिनामै करोडौ रुपैया राजस्व संकलन गरेको छ ।

तुलसीपुर स्थित मालपोत कार्यालय तुलसीपुरले राजस्वमा सोचे भन्दा धेरै प्रगती हासील गरेको छ । कार्यालयले असोज महिनामा अढाई करोड राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेस खड्काले जानकारी दिए । एक महिनामा यति धेरै राजस्व संकलन हुनु सम्भव त हालसम्मकै उच्च भएको उहाले बताए । कार्यालयले गत असोजमा २ करोड ४६ लाख ८५ हजार ६ सय ८८ रुपैया राजस्व संकलन गरेको छ ।

कार्यालयले पहिलो पटक सोचे भन्दा धेरै राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख खड्काले दावी गर्नुभयो ।कोरोना भाईरस संक्रमणको जोखिमका बावजुद पनि चालु आर्थिक वर्षको साउन महिना देखी आफुहरुले कार्यालयबाट सेवा प्रवाह गरेको उहाले बताए । तर साउन र भदौमा खासै राजस्व संकलन नभएता पनि असोजमा सोचे भन्दा पाँचौ गुणा धेरै राजस्व संकलन भएको उहाको भनाई छ ।विगतका वर्षमा असोज महिनामा झण्डै ३०÷४० लाख रुपैया राजस्व संकलन हुने गरेको थियो । जवकी असोजमा कम राजस्व उठ्ने महिनामा पर्दछ ।

साउनमा पुरा महिना कार्यालय खुला भएकोमा १ करोड ८० लाख रुपैया राजस्व संकलन भएको छ ।यस्तैगरी भदौमा १५ दिन जति कार्यालय खुला भएकोमा अन्दाजी ७६ लाख रुपैया राजस्व संकलन भएको छ । कार्यालय प्रमुख खड्काले वितेको तिन बर्षको अवधीमा अन्दाजी ५ करोड राजस्व संकलन भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *