दण्डहिनताको अवस्था बढेको भन्दै मानव अधिकार आयोगको चिन्ता

कोहलपुर, कार्तिक ३,

राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा दण्डहिनताको अवस्था बढेको भन्दै अन्तरराष्ट्रियस्तरमा यसले मुलुकलाई फाइदा नपुग्ने बताएको छ ।

गैरन्यायिक हत्याका घटना बढेको भन्दै आयोगले दोषीलाई कारबाहीका लागि सरकार तयार नहुनु दुःखद् भएको टिप्पणी गरेको छ । गैरन्यायिक हत्या भएको भन्दै अनुसन्धानका लागि १४ वटा निवदेनको बारेमा अनुसन्धान जारी रहेको र सर्लाहीका कुमार पौडेल अनि २ जनाको मृत्यु हुने गरी भएको भक्तपुर घटना गैरन्यायिक भएको निष्कर्ष निकालेको छ ।

आयोगका प्रवक्ता बेद भट्टराईले भन्नुभयो, ‘पछिल्लो समय भक्तपुरमा भएको, कुमार पौडेल घटना लगायतका घटना यस्ता छन् । ती घटनाहरूमा आयोगले उजुरीको रुपमा ग्रहण गरेर अनुसन्धानको प्रक्रियामा राखिराखेको छ । प्रवक्ता भट्टराईका अनुसार केही दिनअघि सार्वजनिक भएको मानव अधिकार उल्लङ्घन गर्ने २ सय ८६ जनाको सूचीमा परेकाहरुले आफू अन्यायमा परेको भन्दै प्रमाणसहित पुनरावेदन पनि गर्न सक्नेछन् । पुनरावेदनपछि आवश्यक अनुसन्धान गरी थप निर्णयमा पुग्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *