विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को ज्यान गयो

कोहलपुर, कार्तिक ३,

गएको वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको प्राधिकरणको भनाई छ । यसपालि पहिरोले ठूलो क्षति गरेको छ । विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ बेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।

चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाया मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।

आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *