मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु

कोहलपुर, कार्तिक ३,

नेपालबाट मनसुन बाहिरिएसँगै चिसो बढ्ने क्रम सुरु भएको छ ।

दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो । न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *